जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार ०९:१४

के तपाई विदेश जाँदै हुनुहुन्छ ? अव विमानस्थलमा देखाउनुपर्छ यी कागजात ( कागजातको सूचिसहित)


काठमाडौंँ, कात्तिक ३ । आम नेपाली हामी कोहि वैदेशिका रोजगारीको लागि कोही उच्च शिक्षा अध्ययन तथा कोही विदेशमा रहेका आफ्न्त भेटघाट र कोही घुम्म विदेश जाने गरेका छौ तर अब नया नियम बनेको छ । नेपालको एक्लो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति पाउनका लागि तोकिएको कागजात देखाउन नसके तपाईँले यात्रा अनुमति पाउन सक्नुहुन्न । यात्रा अनुमति दिनका लागि गृहमन्त्रालयले समयसापेक्ष नियम अद्यावधिक गरेको जनाएको छ । तर भारतको हकमा भने पासपोर्ट वा नागरिकता र बोर्डिङ पासमात्रै देखाए पुग्छ ।

यसैगरी तालिम तथा कार्यक्रममा विदेश जानेहको हकमा पासपोर्ट भिसा, गन्तब्यस्थलसम्मको बोर्डिङ पास, दुईतर्फी टिकट, स्पोन्सर लेटरका साथै एक हजारसम्म अमेरिकी डलर, निमन्त्रणा पत्र र आयोजकको परिचयपत्र देखाउनु पर्नेछ ।

अध्यागमन विभागका अनुसार गृह मन्त्रालयको कात्तिक २६ गतेको निर्णय अनुसार विदेश प्रस्थान गर्नुअघि पेश गर्नुपर्ने कागजातको अद्यावधिक सूची तय गरिएको हो । ऐन २०४९ को नियमावली २०५१, अध्यागमन कार्यविधि २०६५ र अध्यागमन अधिकृतहरुका लागि हातेपुस्तिका २०७५ को व्यवस्थाअनुसार नेपाली नागरिकहरुलाई विभिन्न मुलुक प्रस्थान अनुमति दिने गरी आवश्यक व्यवस्था हुँदै आएकोमा सो कानूनी व्यवस्था,व्याख्या र आधारलाई थप वस्तुनिष्ठ बनाउने गरी नियम अद्यावधिक गरिएको विभागको भनाइ छ ।

पर्यटकीय प्रकृतिका भिसामा विदेश जानका लागि गृह मन्त्रालयले विभिन्न कागजात अध्यागमन अधिकारीलाई देखाउनु पर्ने व्यवस्था गरेको छ । जसअनुसार अमेरिका, क्यानडा, युरोपियन मुलुक, अस्ट्रेलिया, जापान र दक्षिण कोरिया जानका लागि पासपोर्ट, भिसा, दुईतर्फी टिकट, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, स्पोन्सर लेटर तथा एक हजार अमेरिकी डलर र होटल बुकिङ देखाउनु पर्नेछ । यस्तै गन्तब्य मुलुकको ब्ल्याल लिस्टको सूचीमा यात्रारत व्यक्ति छ या छैन पनि हेरिनेछ ।

यस्तै चीन तथा थाइल्याण्ड, खाडी राष्ट्र, अफ्रिकाबाहेकको अनअराइभल टिकट पाइने मुलुकलगायतका देशहरुमा पनि पर्यटक भिसामा जानेहरुका लागि सोही व्यहोराको कागजात देखाउनुपर्छ । यस्तै विद्यार्थी भिसामा विदेश जानेहरुका लागि पासपोर्ट, भिसा, गन्तव्य मुलुकसम्मको बोर्डिङ पास, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्व विद्यालयको सहमतिपत्र, बास खर्चको व्यवस्थापन खुल्न कागजात देखाउनु पर्छ ।
यस्तै कामदार भिसामा जानेहरुको हकमा भने श्रम स्वीकृतिको म्याद कम्तिमा ९० दिन भएको हुनुपर्नेछ तर युरोपियन देशहरुको भिसा भएकाहरुको हकमा भने श्रम स्वीकृति आवश्यक पर्ने छैन ।