जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार १३:१७

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले गरे पद बहाली : मिडियासँग सहकार्य गर्ने प्रतिवद्धता


काठमाडौं, मंसिर ३

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पद बहाली गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालयमा आज थापाले पदबहाली गर्नुभएको हो । पदबहाली गरेसँगै उहाँले मिडियासँग सहकार्य गर्दै अगाडि जाने बताउनुभयो ।

त्यस्तै उहाँले सरकार र प्रधानमन्त्रीको काम जनतासामू पुर्याउन काम गर्ने बताउनुभयो । सल्लाहकार थापाले सञ्चारकर्मी र सञ्चारमाध्यमहरुको सहयोगको अपेक्षा समेत गर्नुभएको थियो । थापाले अतिरञ्जित र फेक समाचारबाट सञ्चारमाध्यमहरु सबै सजग हुनुपर्ने बताउनुभयो ।