जनता टाइम्स

२१ भदौ २०८२, शनिबार २०:२९

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा टुङ्गियो


काठमाडौँ, भदौ २१ । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा अन्त्य भएको हो ।

खेल अवधिभर नेपाल र बङ्गलादेश दुवै टोलीले केही गोल गर्ने अवसर सिर्जना गरेका थिए । तर, ती अवसरलाई गोलमा परिणत गर्न नसकेकाले खेल बराबरीमा टुङ्गिएको हो ।

अब नेपाल र बङ्गलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २४ गते हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । सङ्घका अनुसार दोस्रो खेलमा पनि स्पष्ट नतिजा नआएमा खेल पेनाल्टी सुटआउटमार्फत टुङ्ग्याइनेछ ।