जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार १६:३९

पत्रकार खेम भण्डारी जेल चलान, यस्तो छ कारण


कञ्चनपुर, मंसिर ३ । कञ्नपुरका चर्चित पत्रकार खेम भण्डारी कारागार चलान हुनुभएको छ । अदालतको आदेशअनुसार पक्राउ परेका भण्डारीलाई एक घन्टाका लागि जेल चलान गरिएको हो । अदालतको अवहेलनाको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त मुद्दाको विषयमा अदालतलाई प्रभावित पार्ने गरी समाचार लेखेको भन्दै भण्डारीविरुद्ध नेपाल बार एशोसिएशन कञ्चनपुरले अवहेलना मुद्दा हालेको थियो । त्यसमा सुनुवाई गर्दै जिल्ला अदालतले ३० असारमा भण्डारीलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । उहाँलाई आज पक्राउ गरी जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँले एक रुपैयाँ जरिवाना भने तिरिसक्नुभएको छ । एक घन्टाका जेल सजायपछि उहाँ आजै रिहा हुनुहुनेछ ।