जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार १९:५२

पश्चिम नेपालमा भूकम्पको ठुलो धक्का


सुर्खेत, मंसिर ३ । कर्णाली र सुदूरपश्चिममा ठूलो भूकम्पको धक्का महसुस भएको छ । आज (मंगलवार) साँझ ७ः१५ बजे ठूलो भूकम्पको धक्का महसुस भएको हो । भूकम्पले अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलालीसम्म प्रभावित बनाएको छ ।

ठूलो भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घरबाट निस्किएका छन् । ५ रेक्टर स्केलमाथिको भूकम्प महसुस भएको हो । दिपालय केन्द्र भएर बझागंको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

यस्तै बझाङंको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । ७ बजेर १५ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का सुदुरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा महशुस गरिएको थियो ।