काठमाडौं, २६ भदौ । नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य माधव सापकोटाले पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई जङ्गी अड्डाले निस्कन नदिएको बताउनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा उनले जनताको बीचमा ल्याउन कोसिस गर्दा पनि सुरक्षा खतराको बहानामा सेनाले निस्कन नदिएको बताउनुभएका हो ।
‘हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई हामीले हरेक दिन बाहिर जनताको बिचमा ल्याउन कोसिस गर्यौँ तर सुरक्षा खतराको बहानामा जङ्गी अड्डाले निस्कन नदिएको सत्य हो’ उहाँले लेख्नुभएको छ । देशको परिस्थिति गम्भीर बनेको उहाँको भनाइ छ ।
जङ्गी अड्डाले नेपालको वास्तविकतालाई र अग्रगमनलाई चुनौती दिई राष्ट्रिय सङ्कट निम्त्याउँदै गरेको सापकोटाले दाबी गर्नुभएको छ ।उहाले जस्तो सुकै सङ्कटमा पनि कोही विचलित नभई नेपाली जनताको सार्वभौमिकताको रक्षाका लागि निरन्तर लड्ने बताउनुभएको छ ।जस्तो सुकै परिस्थितिमा पनि नेपालको परिवर्तन र अग्रगमनका पक्षमा रहने उहााले स्पष्ट पार्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्