दोलखा, भदौ २७ । जेनजी आन्दोलनमा दोलखाका तीन जनाको मृत्यु भएको छ।
विरोध प्रदर्शनका क्रममा बिगु गाउँपालिका–३ का २२ वर्षीय महेश बुढाथोकी, बैतेश्वर गाउँपालिका–८ फेदीका स्वस्थानी खड्का र शैलुङ गाउँपालिका मागापौवाका २२ वर्षीय अभिषेक चौंलागाइको मृत्यू भएको हो ।
विरोध प्रदर्शनमा दोलखाको बिगु गाउँपालिका–३ का २२ वर्षीय महेश बुढाथोकीको मृत्यु भएको छ। आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कोटेश्वरमा घाइते भएका बुढाथोकीको बीएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै जेनजी आन्दोलनका क्रममा पोखरामा एक घरमा भएको आगजनीमा बैतेश्वर गाउँपालिका–८ फेदीका स्वस्थानी खड्काको जलेर मृत्यु भएको छ। दोलखा घर भएर काठमाडौं बस्दै आएकी स्वस्थानी पोखरा गएको बेला जेनजी प्रदर्शनकारीले आगो लगाएको घरमा फसेकी थिइन ।
यस्तै शैलुङ गाउँपालिका मागापौवाका २२ वर्षीय अभिषेक चौंलागाइको पनि जेनजी आन्दोलनको क्रममा मृत्यु भएको छ। जेनजी आन्दोलनका क्रममा बेपत्ता भएका अभिषेकलाई खोजी गर्ने क्रममा त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा शव फेला परेको आफन्तले जनाएका छन ।













प्रतिक्रिया दिनुहोस्