जनता टाइम्स

२७ भाद्र २०८२, शुक्रबार २१:१०

रामचन्द्र पौडेलको आत्मसमर्पणले प्रतिनिधिसभा संहार भयो : सूर्य थापा


काठमाडौं, भदौ २७ । नेकपा (एमाले) पोलिटब्युरो सदस्य सूर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेलको आत्मसुरक्षावादी कायरता र अनैतिक आत्मसमर्पणकै कारण निर्दोष प्रतिनिधिसभाको संहार गरिएको टिप्पणी गर्नुभएको छ।

उहाँले भदौ २७ गते बेलुका ७:३० बजेलाई लोकतन्त्रको प्रयोगशालामा कठपुतलीकरण भएको ‘कालो दिन’का रूपमा चित्रण गर्दै त्यसलाई नेपालको संसदीय इतिहासकै दुखद घटनामध्ये एक बताउनुभएको छ।

थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रतिनिधिसभा विघटनलाई नेतृत्व तहकै असफलता र आत्मस्वार्थको परिणाम बताउनुका साथै यसले लोकतन्त्रप्रति नागरिकको विश्वासमा ठुलो आघात पुर्‍याउने टिप्पणी गर्नुभएको छ । ‘रामचन्द्र पौडेलको आत्मसुरक्षावादी कायरता र अनैतिक आत्मसमर्पणमा निर्दोष प्रतिनिधिसभाको संहार गरिएको छ, लोकतन्त्रको प्रयोगशालामा कठपुतलीकरण भएको कालो दिन- भदौ २७ गते बेलुका ७:३० बजे’, उहाँले लेख्नु भएको छ ।