काठमाडौं, भदौ २७ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदको शपथ लिनु भएको छ ।
शुक्रबार राति राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँले प्रधानमन्त्री पदको शपथ लिनु भएको हो । सकारी सञ्चारमाध्यमलाई मात्र प्रवेश दिइएको सो कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पदको शपथ गराउनुभएको हो ।

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथग्रहण कार्यक्रममा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बहिष्कार गर्नुभएको छ । यसैगरी शपथग्रहण कार्यक्रममा खिलराज रेग्मीलाई सत्ता बुझाउनु भएका डा. बाबुराम भट्टराईबाहेकका पूर्वप्रधानमन्त्रीहरुको पनि उपस्थिति थिएन ।













प्रतिक्रिया दिनुहोस्