जनता टाइम्स

२७ भाद्र २०८२, शुक्रबार २२:१७

सुशीला कार्कीलाई ६ महिना भित्र निर्वचान गराउने जिम्मा 


काठमाडौं, भदाै २७। आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले  ६ महिना भित्र निर्वाचन गर्ने गरी अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले कार्कीलाई नयाँ जनादेशमा लागि निर्वाचन सम्पन्न गर्ने विशेष जिम्मेवारी दिनुभएकाे हाे ।  सोही अनुसार अन्तरिम सरकारले आगामी फागुन महिनाभित्र नयाँ प्रतिनिधिसभा निर्वाचन गराउनुपर्नेछ। यसैसँगै मुलुक नयाँ चुनावी प्रक्रियातर्फ अघि बढ्ने भएको छ।