जनता टाइम्स

२९ भाद्र २०८२, आईतवार १०:५१

अमेरिकाले भन्यो– अन्तरिम सरकारसँग सहकार्य गर्न तयार छौँ


काठमाडौं । अमेरिकाले नेपालमा अन्तरिम सरकार गठनको स्वागत गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले आइतबार (भदौ २९) विज्ञप्तिमार्फत लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका निम्ति राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताको प्रशंसा गरेको छ । “यद्यपि, यो दुःखद समयमा हामी नेपालसँग शोकमा साथमै छौँ,” अमेरिकाले भनेको छ, “हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौँ ।” अन्तरिम सरकारले नयाँ निर्वाचनको प्रक्रिया अघि बढाउने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेको दूतावासले जनाएको छ । “अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौँ,” दूतावासले भनेको छ ।
dsfmg-1757821962.jpg