काठमाडौं, भदौ २९। नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले नेपालको संवैधानिक प्रावधानले नचिन्ने प्रधानमन्त्रीलाई तिब्बती आध्यात्मिक गुरु दलाई लामाबाट प्राप्त भएको बधाई र शुभकामना सन्देशले गम्भीर भू–राजनीतिक सङ्केत दिएको टिप्पणी गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यसलाई सामान्य कूटनीतिक औपचारिकताभन्दा परको विषयका रूपमा प्रस्तुत गर्नुभएको छ। ‘नयाँ तर उनकै स्पष्ट परिभाषा अनुसार संविधानले नचिन्ने प्रमलाई दलाई लामाको आश्चर्यजनक बधाई र शुभकामना सन्देशले नेपाल भूराजनीतिको लाभामाथि तैरिरहेको सिधा सङ्केत दिएको छ’, उहाँले लेख्नु भएको छ ।
बाँस्कोटाले यस घटनाले छिमेकी मुलुकहरूको व्यापारिक स्वार्थसँग जोडिएको कार्पेट डिप्लोमेसीको सीमालाई समेत परीक्षण गरेको उल्लेख गर्नुभएको छ। ‘यदि यसलाई छोप्न सकिएन भने यो जटिल राजनीतिक तथा रणनीतिक सङ्कटको बीजारोपण हुनेछ।’
यसले नेपालको आन्तरिक राजनीति मात्र नभई क्षेत्रीय शक्ति सन्तुलन र कूटनीतिक सम्बन्धमा पनि थप बहस जन्माउने उहाँको सङ्केत छ ।













प्रतिक्रिया दिनुहोस्