काठमाडौं, भदौ ३१ । तिलगंगा आँखा अस्पतालका निर्देशन डाक्टर सुन्दुक रुइतले प्रधानमन्त्री सुशीला कार्कीको प्रस्ताव ठाडै अस्वीकार गर्नुभएको छ । आफ्नो सरकारमा मन्त्री बनेर सरकारलाई सहयोग पुर्याउन आग्रह गर्दै पुग्नुभएकी प्रधानमन्त्री कार्कीको प्रस्ताव वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर रुइतले अस्वीकार गर्नुभएको हो ।
आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गर्न बिहान १० बजे डाक्टर रुइत कार्यरत तिलगंगास्थित आँखा अस्पताल पुग्नुभएकी प्रधानमन्त्री काकीले अहिलेको विशेष परिस्थितिमा सहयोग गर्न आग्रह गरेको बताउनु भएको थियो ।
करिब ४५ मिनेट भएको छलफलमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर मन्त्री बन्न नसक्ने अवस्थाको जानकारी गराउनु भएको छ । रुइतले आफू अस्पतालको काम र बिरामीको सेवा गर्न छाडेर सरकारमा जान नमिल्ने र नसक्ने धारणा राख्नुभएको थियो ।
पछिल्लो समय जेन जी विध्वंशमा संलग्न हामी नेपाल नामक संस्थासँग डा रुइत आवद्ध बारबरा फाउण्डेसनको निकटताबारे आलोचना भएपछि उहाँले त्यसबारे स्पष्टिकरण दिइसक्नु भएको छ । हामी नेपाललाई अन्य धेरै व्यापारिक संघ संस्थाले आर्थिक सहयोग गरेका विवरणहरु बाहिर आइरहेका छन् ।














प्रतिक्रिया दिनुहोस्