सुर्खेत, भदाै ३१ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलन कुनै एक पार्टी वा नेताविरुद्ध मात्र नभई सिंगो देश र व्यवस्थाविरुद्ध भएको प्रष्ट पार्नुभएकाे छ ।
एमाले सुर्खेतद्धारा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कँडेलले जेनजी आन्दोलन र त्यसयता विकसित भएका घटनाक्रमले त्यो पुष्टि गरेको बताउनस भयाे ।
मुख्यमन्त्री कँडेलले अझैं पनि जेनजी आन्दोलन कांग्रेस–एमाले गठबन्धनको सरकारविरुद्ध थियो भनेर बुझ्न थालियो भने धेरै उपलब्धी गुम्दै जाने संकेत गर्नुभयाे ।
‘दलका कार्यालय, सरकारी कार्यालय, नेताका घरमात्र जलेनन्, संविधानका धारा पनि मिचिए, अब पनि हामी होसियार नबन्ने हो भने संविधान त के मुलुकको अस्तित्व नै संकटमा पर्दै जानेछ,’ कँडेलले भन्नुभयाे, ‘पार्टी कमिटी, पार्टी सदस्यलाई मुलुकमा उत्पन्न परिस्थितिबारे बुझाऔं, इस्यु मिल्ने अन्य दलसंग पनि छलफल गरेर साझा धारणा बनाऔं, नत्र अझैं क्षति भोग्नुपर्ने अवस्था पनि आउनसक्छ ।’
एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेलले आन्दोलन अघि यो त सरकारविरुद्धको प्रर्दशन हो भनेर केही दल र केही नेता चुप लाग्दा प्रतिगामी तत्वले तिनीहरुलाई समेत नछोडेको दृष्टान्त प्रस्तुत गर्नुभयाे ।
´२०७२ को संविधान अर्धमुच्र्छित अवस्थामा पुगिसकेको छ, सामान्य अवस्थामा हुन्थ्यो भने अदालतले ब्युँझाउन सक्थ्यो, तर आज अदालतले के गर्छ भन्न सकिने अवस्था छैन्, उहाँले भन्नुभयाे, ´ हामी आफ्ना कमी–कमजोरी सच्याउनतर्फ ध्यान दिऔं, जनविश्वास जित्न आआफ्नो ठाउँबाट राम्रो काम गरौं, कमजोरीको सम्बन्धित पार्टी कमिटीमा आत्मसमिक्षा गरौं, त्यसले पार्टी पनि बन्छ र व्यवस्था जोगाउन हौसला मिल्दछ ।’

एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाहले विगतमा एमालेविरुद्ध प्रहार गरिरहेको शक्तिले नै यसपटक जेनजीलाई प्रयोग गरेर संघीय लोकतान्त्रिक गणतन्त्र मास्न थालेको घटनाक्रमलाई सामान्य रुपले बुझ्न नहुने धारणा राख्नुभयाे ।
कार्यक्रममा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले प्रतिगामी तत्वले जेनजीका नाउमा हजारौं पार्टी कार्यकर्ताको लगानीबाट बनेको कार्यालय जलाएको बताउनु भयाे ।













प्रतिक्रिया दिनुहोस्