जनता टाइम्स

१ आश्विन २०८२, बुधबार १४:४६

सचिव बैठकको निर्णय : संघमा मात्रै घटने भयो अब १० हजार कर्मचारीको दरबन्दी


काठमाडौं, असोज १ । निजामती सेवा अन्तर्गत सङ्घीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटने भएको छ ।

मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा मंगलवार बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमतिको निर्णय गरेको हो । हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेका छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्नेछ । सचिवहरूको बैठकले सो निर्णय गरेको हो ।

यो दरबन्दी मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूबाट घटाइने छ । यसका लागि असोज २० गतेभित्र आवश्यक प्रस्ताव तयार गर्ने निर्णय पनि भएको छ । सचिव बैठकको सो निर्णय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्छ । त्यसका लागि प्रस्ताव तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेस जानकारी बैठकमा सहभागी सचिवहरूले दिएका छन ।

(तस्विर : फाइल फोटो)