जनता टाइम्स

२ आश्विन २०८२, बिहीबार १७:२८

जेन-जी आन्दोलनमा जिउदै जलाइएकी झलनाथपत्नी रविलक्ष्मी चित्रकारको देब्रे हात काटियो


काठमाडौं, असोज २ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ ।

गत भदौ २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनमा आन्दोलनकारीले रविलक्ष्मीलाई डल्लुस्थित घरमा जिउँदै आगो लगाएका थिए ।

जलेको अवस्थामा उहाँलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । उहाको देब्रे हात ४० प्रतिशत जलेको अस्पतालले जनाएको थियो । पछि थप इन्फेक्सन भएपछि हात काट्नुपरेको अस्पताल स्रोतले जनाएको छ ।