काठमाडौं, भदौ २ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यस वर्षको संविधान दिवस विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । संविधान दिवसको अवसरमा शुक्रबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम हुने र सो कार्यक्रमलाई पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संविधान दिवसलाई राष्ट्रिय एकता, स्थायित्व र जनताप्रतिको प्रतिबद्धताको रूपमा मनाउन लागिएको एमालेले जनाएको छ । अध्यक्ष ओलीले संविधानको महत्व, कार्यान्वयनमा देखिएका चुनौती र पार्टीको दृष्टिकोणबारे विचार व्यक्त गर्ने तयारी गर्नुभएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएपछि अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । त्यसयता उहाँ सैनिक ब्यारेकमा बस्दै आउनु भएकोमा बिहीबार त्यहाँबाट फर्किनुभएको हो । प्रधानमन्त्री पद छाडेपछि उहाँले बालुवाटार छाड्नुभएको थियो । प्रधानमन्त्री छाडेपछि भाेलि उहाँकाे पहिलाे सम्बाेधन हुने छ । भाेलिकाे सम्बाेधनमा जेनजी आन्दाेलन कसरी हिंसात्मक भयाे भन्ने विषयमा ओलीकाे के धारणा आउने हाे भनेर सबैले चासाेका साथ हेरेका छन् ।
यसअघि निजि निवास बालकोटमा बस्दै आउनुभएका अध्यक्ष ओलीको घर जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि उहाँ भक्तपुरको गुण्डुस्थित भाडाको घरमा सर्नु भएको छ ।












प्रतिक्रिया दिनुहोस्