जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार १४:४४

जेट विमान दुर्घटना, १३ जनाको ज्यान गयो


मेक्सिको, बैशाख २६

मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ रहेको बताएका छन् ।अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको निजी विमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो । विधिचिकित्सकहरुले विमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजले बताउनुभयो ।

उहाँले ज्यान गुमाएका व्यक्तिमध्ये सात जनाको शरीर सग्लो स्वरुपमा भएप नि जलेको अवस्था रहेको तथा अन्य छ जनाको शरीर टुक्राटुक्रा भएको जानकारी दिनुभयो । नागरिक उड्डयन अधिकारीहरुले बमबार्डियर च्यालेन्जर ६०१ जेट गएको आइतबार सम्पर्क विहीन भएको थियो । उहाँहरुले मौसम खराब भएका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गर्नुभएको छ ।