काठमाडौं, असोज ३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाइँदै गर्दा पार्टी पुनः उठ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र विकास–समृद्धिको यात्रामा एमाले दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता प्रकट गर्नुभएको छ । संविधान दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै महासचिव पोखरेलले लेख्नुभएको छ – ‘धुलो टकटक्याएर एमाले पुनः उठ्दै छ, हामी सबै उठ्नेछौँ, संविधानको रक्षाका लागि, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि, नवयुवाहरूको आकाङ्क्षा पूरा गर्न र मूलधारको राजनीतिमा समेट्नका लागि।’
उहाँले संविधान दिवसलाई लोकतन्त्र, समानता र राष्ट्रिय एकताको पर्वका रूपमा आत्मसात् गर्दै राजनीतिक स्थिरता र सुशासनमार्फत मात्र समृद्ध नेपालको लक्ष्य पूरा गर्न सकिनेमा विश्वास व्यक्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्