जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार १४:५०

दक्षिण कोरिया, जापान र अमेरिकाबीच त्रिपक्षीय सुरक्षा वार्ता शुरु


सोल, बैशाख २६

दक्षिण कोरियाको राजधानी सोलमा सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता शुरु भएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । सो त्रिपक्षीय वार्तामा दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको सहभागिता रहेको छ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयमा शुरु भएको एघारौं त्रिपक्षीय सुरक्षा वार्तामा कोरियाली प्रायःद्वीपमा निःशस्त्रीकरण, शान्ति, क्षेत्रीय सुरक्षालगायत एकापसको सहयोगका विषयमा वार्ता हुने अनुमान गरिएको छ।

गत शनिबार उत्तर कोरियाले पूर्वी तटीय शहर वोनसनबाट जापानी समुद्रमा छोटो दुरीको क्षेप्यास्त्र प्रहार गरेको थियो।