जनता टाइम्स

७ मंसिर २०७६, शनिबार ०७:०८

३ पटक यौन सम्बन्ध राखेको अभियोग लागेपछि बेलायती राजकुमारले पद त्याग्नु पर्यो


एजेन्सी । सानो उमेरका केटीहरुसंग यौन सम्बन्ध राखेको आरोप लागेपछि बेलायती राजकुमार एन्ड्रयुले पद त्याग गर्ने घोषणा गर्नुपरेको छ । उनलाई एक १७ वर्षकी किशोरीले ३ पटक यौन सम्बन्ध राखेको अभियोग लगाएकी छन् । उनले आफुसंग सम्बन्ध राखेको स्थानहरु समेत तोकेर बताएकी छन् । यसरी यौन काण्डमा मुछिएपछि उनले पदत्यागगर्ने भएका हुन् ।

राजकुमार एन्ड्रयु यौन दुरा चारको अभियोग लागेका अमेरिकी अर्बपति जेफ्री इप्स्टिनसँग नजिकको सम्बन्धमा रहेको खुलेको थियो । विगतमा इप्स्टिनले नै सानो उमेरका केटीहरु ब्यवस्था गरेको भनिएको छ । इप्स्टिनसँगको उनको तस्बिर पनि सार्वजनिक भएपछि यो तथ्य बलियो भएको हो । उनलाई एक युवतीले आफुसंग युवराजले सानो उमेरमा सम्बन्ध राखेको सार्वजनिक गरे पछि उनी वि वादित भएका हुन् । ती युवतीले राजकुमार एन्ड्रयुसँग खिचेको तस्बिर समेत सार्वजनिक गरेकी थिइन् ।

आरोप अस्विकार गरेका राजकुमार एन्ड्रयुले आफ्नो पद नत्या गी सुख पाएनन् । उनले इप्स्टिनसँगको सम्बन्ध स्वीकार गरेपनि सानो उमेरका केटी प्रयोग गरेको कुरा भने अस्विकार गरेका थिए । तर, चौतर्फी दबा बपछि राजकुमार उपाधि त्याग्ने घोषणा गरे । आफूले इप्स्टिनको घरमा संगै बसेको र त्यो आफ्नो गल्ती भएको उनको टिप्पणी छ ।

बेलायती राजकुमार एन्ड्रयु महारानी एलिजाबेथका तेस्रो सन्तान हुन् । भर्जिनिया जियफ्रे नामकी एक महिलाले उनीसँग १७ वर्षको हुँदा तीनपटक सम्बन्ध राखेको दाबी गरेकी हुन् । उनले सम्बन्ध राखेको स्थान समेत बताएकी छिन् । जसमध्ये इप्स्टिनको निजी टापु, न्युयोर्क र लन्डन रहेको उल्लेख गरेकी छिन् ।