जनता टाइम्स

२ कार्तिक २०८२, आईतवार ०९:२३

अध्ययनको निश्कर्ष : एउटै रगत परीक्षणले पत्ता लगाउन सक्छ ५० भन्दा बढी प्रकारका क्यान्सर


काठमाडौं, कात्तिक २ । पछिल्लो अध्ययनले रगत परीक्षणले ५० भन्दा बढी प्रकारका क्यान्सर रोग पत्ता लगाउने सक्ने निश्कर्ष बाहिर ल्याएको छ ।

अमेरिका र क्यानडामा गरिएको अनुसन्धान र परीक्षणको नतिजाले रगतको परीक्षणले धेरै प्रकारका क्यान्सर पत्ता लगाउन सक्षम रहेको देखाएको हो । यो परीक्षणले आधाभन्दा बढी क्यान्सर प्रारम्भिक चरणमा पत्ता लगाएको छ । यसको उपचार गर्न सजिलो र पूर्ण रूपमा निको पार्न सकिने पनि अध्ययन प्रतिवेदनले जनाएको छ ।

अमेरिकी औषधि कम्पनी ग्रेलद्वारा विकसित यो परीक्षणले ट्युमरबाट टुक्रिएका र रक्तप्रवाहमा परिसंचरण गरिरहेका क्यान्सरयुक्त डीएनएका टुक्रा पत्ता लगाउन सक्ने देखाएको छ । हाल बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले यो परीक्षणको परीक्षण गरिरहेको छ । यी क्यान्सरको करिब तीन–चौथाईका लागि कुनै स्क्रिनिङ कार्यक्रम छैनन ।