जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार १६:५६

त्रिसुली गल्छी जलविद्युत आयोजना इपिसि मोडलमा बनाउने सम्झौता


काठमाण्डौं, बैशाख २६

सिद्धकाली पावर लिमिटेड कम्पनीले प्रवद्र्धन गरेको त्रिसुली गल्छी जलविद्युत परियोजना निर्माणको लागी सिडब्लुटीडब्लु कम्पनीले इपीसीएफ मोडलमा निर्माण कार्य गर्ने गराउने संझौता भएको छ ।

संझौतामा सिद्धकाली पावर लिमिटेडका अध्यक्ष डा. त्रिलोचन उप्रेती र सिडब्लुटीडब्लु कम्पनीका भाईस जनरल म्यानेजर क्यु जंग क्यूई जियांग वेई बीच मिति काठमाडौंमा एक संझौतामा हस्ताझर भएको हो ।

यस सम्झौताअनुसार चिनको सिडब्लुटीडब्लु कम्पनीले परियोजनाको कुल लागतको ९० प्रतिशत काम उधारोमा सम्पन्न गर्ने र परियोजना निर्माण भई संचालनमा आएको दुई वर्ष भित्र किस्तावन्दीमा भुक्तानी गर्नु पर्ने शर्तमा रही काम गर्ने निर्णय भएको छ ।

आयोजनाको बिस्तृत डिजाईनको काम सम्पन्न गरी अविलम्ब निर्माण सुरु गर्ने सहमति भएको छ । यो आयोजना ३० महिनामा निर्माण सम्पन्न हुनेछ । उक्त चिनीयाँ कम्पनीले यहि मोडेलमा अन्य जलविद्युत परियोजनाहरुको समेत निर्माण गरिरहेको छ । रसुवा जिल्लामा निर्माणा धिन लाङटाङ र फलांखुखोला आयोजना यहि विधिबाट निर्माण भईरहेका छन ।

सुरुमा ७५ मेगावाट क्षमता रहेको यस आयोजनामा टेनल हटाई अव यो आयोजनामा बाँधको तल ड्याम–डोई पावर हाउस बनाई यो आयोजना ३० मेगावाट क्षमतामा निर्माण गरिनेछ । यस आयोजनाबाट उत्पादन भएको विद्युतशक्ति मस्र्यादी काठमाडौं १३२ केभि ट्रान्समिशनलाईनमा जोडी राष्ट्रिय ग्रीडमा आपुर्ति गरिने जनाईएको छ ।