जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार ११:३६

प्रधानमन्त्री ओलीले खटाए अर्थमन्त्री खतिवडा


काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भई अस्पताल भर्ना भएका कारण ३औंँ दक्षिण एसियाली खेलकुदमा सहभागी हुने खेलाडीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गर्ने हुनुभएको छ ।

मंगलबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई सम्बोधन गर्ने र त्यसपछि रंगशालाको निरीक्षण गर्ने कार्यक्रम तय भएको थियो । अस्पताल भर्ना भएका कारण उहाँको सट्टा अर्थमन्त्री खतिवडाले कार्यक्रम सम्बोधन गर्ने हुनुभएको हो ।

कार्यक्रममा खेलाडीका लागि पुरस्कारमा पनि विशेष प्याकेजको घोषणा गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीको सम्बोधनका लागि पोखरा तथा जनकपुर लगायतका ठाँउमा अभ्यासरत खेलाडी समेत काठमाडौँ आएका छन् ।