जनता टाइम्स

११ मंसिर २०७६, बुधबार ०९:३२

साग को प्रसारण अधिकार बेचेको नेपाल ओलम्पिक कमिटीले गर्यो यस्तो निणर्य


काठमाडौं, मंसिर ११ । मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरधाममा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार बेचेको नेपाल ओलम्पिक कमिटीले नेपालका टेलिभिजनलाई प्रतियोगिताको छायाङ्कन र समाचारमा भिडियो प्रसारण गर्न दिने भएको छ। तर, एक मिनेटभन्दा बढी भिडियो प्रसारण गर्न नपाउने सीमा तोकिएको छ। कमिटीले तोकिएको स्थानबाट मात्र छायाङ्कन गर्न पाउने, प्रत्यक्ष प्रसारण गर्न नपाउने तथा फुटेज व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न नपाउने जनाएको छ।
कमिटीले १३औं सागका सबै खेलको प्रत्यक्ष प्रसारण अधिकार भारतको एनके भेन्चर प्रालिलाई ८ करोड रुपैयाँमा बेचेको छ।