जनता टाइम्स

२ मंसिर २०८२, मंगलवार ०८:२१

वाह ! ट्रान्सक्रिप्ट र मूल प्रमाणपत्रमा लागू भयो क्यूआर कोड


काठमाडौँ, मंसीर २। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड लागू गरेको छ।

परिषद्ले आईटीएमएस अनलाइन मार्फत जारी हुने डिप्लोमा तथा प्रमाणपत्र तहका ट्रान्सक्रिप्टमा र प्रिडिप्लोमा तहका मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिएको एक सूचनामार्फत जनाएको छ । क्यूआर कोड सोमबारदेखि लागू भएको सीडीईभीटीले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

नयाँ प्रणाली लागू भएपछि परिषदद्वारा जारी हुने प्रमाणपत्रलाई अनलाइनमार्फत छिटो, सरल र विश्वसनीय रूपमा प्रमाणीकरण गर्न सकिने जानकारी पनि सीटीइभीटीले दिएको छ ।