जनता टाइम्स

११ मंसिर २०७६, बुधबार १२:१०

दाङ उपनिर्वाचन २०७६ : पुरुषभन्दा महिला मतदाता बढी


तुलसीपुर, मंसिर ११

मंसिर १४ गते हुने उपनिर्वाचनमा दाङमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ (ख) र घोराही–१६ मा ७३ हजार १७२ मतदाता रहेकामा ३७ हजार ३०५ महिला मतदाता छन् । पुरुष मतदाता ३५ हजार ८६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्या एक रहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।

दङ्गीशरण गाउँपालिकामा सात हजार ९८१ महिला तथा सात हजार ७१५ पुरुष मतदाता छन् । शान्तिनगर गाउँपालिकामा नौ हजार २८३ महिला र आठ हजार ८२० पुरुष मतदाता छन् । बबई गाउँपालिकामा नौ हजार ५११ महिला र नौ हजार ३३८ पुरुष मतदाता रहेको कुँवरले बताउनुभयो । यस्तै तुलसीपुर उपमहानगरपालिका–१, २, १० र ११ मा आठ हजार १६५ महिला, सात हजार ९०५ पुरुष र एक तेस्रोलिङ्गी मतदाता छन् ।

घोराही उपमहानगरपालिका–१६ मा दुई हजार ३६५ महिला र दुई हजार ८८ महिला मतदाता छन् । चुनावलाई मर्यादित बनाउन विप्लव समूहलाई निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । उहाँका अनुसार विप्लव समूह घोषितरूपमै निर्वाचन भड्काउनका लागि सक्रिय भएकाले निगरानी बढाइएको हो । यहाँ छ अति संवेदनशील र २६ संवेदनशील मतदानस्थल रहेका छन् ।