विराटनगर, मंसीर २ । नेकपा एमालेबाट बिद्रोहका नाममा गठन भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी बिघटन भएपछि सो पार्टीका नेतादेखि कार्यकर्तासम्म मुलघर फर्कने क्रम बढदै गएको छ ।
बिद्रोहको आवश्यकता र औचित्य दुवै पुष्टि हुन नसकेर पार्टी नै नचलेपछि माओवादीमा मिसाउन बिघटन भएसँगै प्रभावशाली नेता कार्यकर्ताहरू एमालेमै फर्किएका हुन । एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ नै चलाएपछि नेकपा समाप्तीको नामले चिनिएको विघटित नेकपा एकीकृत समाजवादी (एस) ५० जना नेता–कार्यकर्ता मूलघर एमाले फर्किएका छन ।
यसरी घर फर्कनेमा केन्द्रीय तहका नेताहरू नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष डा. उद्वव पोखरेल, पूर्वकेन्द्रीय परिषद् सदस्य वीरेन्द्र यादव, खेलकुद महासंघ (समाजवादी) का केन्द्रीय सल्लाहकार किशोर शाही, प्रदेश कमिटी सदस्यहरू नौसा परवेज, योगेशराज भण्डारी, जुनु पोखरेललगायत हुनुहुन्छ ।
त्यसैगरी नेकपा एसको मोरङ जिल्ला कमिटी सदस्यहरूसहित ५० भन्दा बढीको संख्यामा नेता कार्यकर्ता एमालेमा फर्किएको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
उनीहरूलाई प्रदेश कमिटीको बैठकमा उपाध्यक्ष गुरु बराल, इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य हिक्मत कार्कीसहितका एमाले नेता कार्यकर्ताहरूले अबिर र खादा लगाएर स्वागत गर्नुभएको छ ।
पार्टीमा फर्किएका नेता कार्यकर्ताहरूलाई केन्द्रीय संगठन कमिटीसँगको परामर्शमा उचित जिम्मेवारी दिइने प्रदेश कमिटी अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । एमाले फर्केका नेताहरूले बिघटित एसका सवै नेतादेखि कार्यकर्तासम्मको मन एमालेमै रहेकोले केही समयभित्रै सवै फर्कने र माधव नेपाल र झनाथ खनाल मात्र प्रचण्डसँग रहने बताएका छन ।
‘नेकपा एसमा रहेका सवै नेता कार्यकर्ता एमालेमै फर्कन चाहिरहेका छन । सवै आउँछन । पार्टी चलाउन सकिएन भनेर माओवादीमा मिसाएकोले माधव र झलनाथ कमरेड मात्रै त्यता रहनु होला, उहाँहरूका केही आसेपासे र नातेदार पनि त्यतै रहलान, अरु सवै चुनावअघि नै एमालेमा आउँछन,’ नेताहरूको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्