काठमाडौं, मंसिर ३। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सिमरा विमानस्थल अवरोधको घटना ‘कास्टिड–मात्र’ भएको भन्दै यसलाई देश व्यापक राजनीतिक अस्थिरतामा रूपान्तरण हुन सक्ने गम्भीर चेतावनीका रूपमा लिनुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ।
उहाँले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत देश निरन्तर सङ्कटतर्फ गएको र राजनीतिक दलहरूले आन्तरिक विमर्श गहिर्याउनुपर्ने आवश्यकता झनै बढेको उल्लेख गर्नुभएको छ। सिमरा प्रकरणलाई ‘सामान्य अवरोध मात्र नभई गहिरो राजनीतिक सङ्केत’ भएकाे बताउँदै उहाँले देशमा बढ्दो उद्विग्नता, विभाजन र अविश्वासबीच ‘खुरुक्क चुनाव गराएर सत्ता हस्तान्तरण सजिलै हुन्छ’ भन्ने सोच खतरनाक भएको टिप्पणी गर्नुभएकाे छ ।
उहाँले लेख्नुभएकाे छ, ‘हाम्रो पार्टीमै पनि राष्ट्रिय चुनावबारे पैरवी गर्ने साथीहरू हुनुहुन्छ तर अहिले देशको जटिल अवस्थालाई नबुझी चुनावलाई सहज विकल्प ठान्नु भ्रम हो, तर्क अदृश्य छ, मित्रहरू थाकिसके, र धेरै जना विकल्पको खोजीमा छन्।’
भोटो फटालेको तर्क, अघिल्लो निर्वाचनप्रति आधारित भावनात्मक अभियान र घोषणाले अब प्रभाव पार्दैन भन्दै भण्डारीले ‘देश सम्हाल्ने बेलामा सबैले मिलेर अगाडि बढ्न जरुरी’ रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार, वर्तमान राजनीतिक द्वन्द्व, आर्थिक कठिनाइ र खोसिएको जनविश्वासको वातावरणमा ‘जोश र अनुभवको संगम’ नै देशको स्थिरताका लागि निकास हो।
जेनजी आन्दोलनका नाममा बढ्दै गएको आक्रोश र युवाको मानसिकताको संवेदनशीलताबारे पनि उहाँले गम्भीर सङ्केत गर्नुभएको छ। ‘जेनजीको भावना संशोधन गर्नै पर्छ,’ भन्दै भण्डारीले शब्दको चयन र राजनीतिक सम्बोधनमा ‘मिठास र सम्बन्ध’ अनिवार्य भएको उल्लेख गर्नुभएको छ ।
उहाँले लेख्नुभएकाे छ, ‘आ–आफ्नो स्वार्थ होइन, देशको निकास प्राथमिकता हो, हामीमा कति छिटो भुल्ने रोग छ, सिमरा घटना त कास्टिक–मात्र हो।’













प्रतिक्रिया दिनुहोस्