काठमाडौं, मंसिर ४ । नेकपा एमालेको ११औँ महाधिवेशनको प्रतिनिधि चयनको मापदण्ड केही हेरफेर गरेको छ ।
अध्यक्ष केपी ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड हेरफेर गर्नुका साथै प्रवासमा रहेका दुई कमिटीको कोटा कटौती गर्ने निर्णय सच्याएको हो ।
अघिल्लो सचिवालय बैठकले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी र भारत प्रवासलाई यसअघि दिइँदै आएको ५–५ जना महाधिवेशन प्रतिनिधि कटौती गरेको थियो बिहीबारको सचिवालय बैठकले त्यसलाई सच्याएर दुवै कमिटीबाट तीन जना पुरुष र दुई जना महिला गरी ५–५ जना प्रतिनिधि हुने व्यवस्था गरेको छ ।
यसैगरी बैठकले पार्टी सदस्यताबाट निर्वाचित निर्वाचित हुँदाको थ्रेसहोल्डको शेष रहेको ५० प्रतिशत कटेमा थप एक जना प्रतिनिधि हुने व्यवस्था । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी र भारत प्रवासबाट ५-५ जना थप गर्ने निर्णय गरेको छ । घर फर्केकाहरूलाई प्रतिनिधि बनाउने विशेष निर्णय गरेको छ ।














प्रतिक्रिया दिनुहोस्