जनता टाइम्स

५ मंसिर २०८२, शुक्रबार ११:३९

बढ्ने भयो एमाले महाधिवेशनका प्रतिनिधि संख्या, अव कति पुग्ला ?


काठमाडौं, मंसीर ५ । नेकपा एमालेको ११औं महाधिवेशनका प्रतिनिधिको संख्या बढने भएको छ । बिहीवार बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड संशोधन गर्ने निर्णय गरेसँगै संख्या पनि बढने भएको हो ।

सचिवालय बैठकले मापदण्ड संशोधन गर्दै कार्यकर्ताहरूबाट चयन भएर आउने प्रतिनिधि संख्या बढाउने निर्णय गरेको छ । यसअघि एमालेले १२ सय सदस्यलाई आधार मानेर ४ जना प्रतिनिधि चयन गर्ने र थप ८ सय सदस्य बराबर एक जना प्रतिनिधि थप्दै लैजाने निर्णय गरेको थियो । बिहीवारको बैठकले सो मापदण्डलाई सच्याएको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार संशोधित मापदण्ड बमोजिम अब शेष संख्या ५० प्रतिशत कटे थप एक जना प्रतिनिधि चयन हुनेछन ।

‘शेषमा ५० प्रतिशत कटेको छ भने थप एक प्रतिनिधि पाउने भयो । १२ सयसम्म हाम्रो थ्रेसहोल्ड भयो । थप ८ सय भएपछि थप एक जना प्रतिनिधि भनेका थियौं । तर अब १६०१ एक भए पनि थप एक जना पाउनेगरी निर्णय गरेका छौं ।’ यो निर्णयले भूगोलबाट संगठित सदस्यको संख्याका आधारमा निर्वाचित भएर आउने महाधिवेशन प्रतिनिधिको संख्या बढने छ । यसअघिको प्रतिनिधि चयन मापदण्डले कार्यकर्ताको सर्वोच्चतालाई अवमूल्यन गरेको भन्दै सवैजसो जिल्ला कमिटीले सत्याउन आग्रह गरेका थिए ।

सचिवालयको महाधिवेशन प्रतिनिधि चयन मापदण्ड परिमार्जनअनुसार उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गत एघार वटा विशेष जिल्ला कमिटीबाट पनि एक जना प्रतिनिधि ४० वर्ष मुनिका युवा चयन गर्ने ब्यवस्था गरिएको छ । यी सवै मापदण्डअनुसार चयन गर्दा करिव २५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि पुग्ने अनुमान गरिएको छ ।

सचिवालय बैठकले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी र प्रवासी नेपाली संघ भारतबाट पनि दुई–दुई महिला सहित ५-५ जना प्रतिनिधि चयन हुने बिगतकै ब्यवस्था कायम गरेको छ । यसअघि अपानिमा यी दुई संगठनको महाधिवेशन प्रतिनिधि कटौती भएको जानकारी गराइएको थियो । प्रवासी नेपाली मञ्चको महादेशीय कमिटीबाट ५ जना प्रतिनिधि दिने तर केन्द्रकै कतौटी गर्ने निर्णयप्रति असन्तुष्टि जनाएर सच्याउन दवाव दिएपछि एमालेले निर्णय पुनरावलोकन गरेको हो ।

यो निर्णयअनुसार अव बिदेशमा रहेका सदस्यहरुबाट अव ३५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अन्तर्गत ५ महादेशीय कमिटी रहेको छ भने भारतलाई मञ्चमा आवद्ध नगरी अलत राखिएको छ ।

यस्तै सचिवालयको महाधिवेशन प्रतिनिधि चयन मापदण्ड परिमार्जनअनुसार उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गत एघार वटा विशेष जिल्ला कमिटीबाट पनि एक जना प्रतिनिधि ४० वर्ष मुनिका युवा चयन गर्ने ब्यवस्था गरिएको छ । यी सवै मापदण्डअनुसार चयन गर्दा करिव २५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि पुग्ने अनुमान गरिएको छ ।