जनता टाइम्स

६ मंसिर २०८२, शनिबार ०९:१५

थपिए ८ लाख ३७ हजार ९४ मतदाता


काठमाडौं, मंसीर ६ । निर्वाचन घोषणा भएपछि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार निर्धारित समयमा सो संख्यामा मतदाता थप भएका हुन ।

जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई चुनाको मिति घोषणा भएपछि असोज ९ गतेदेखि मंसीर ५ गतेसम्मका लागि खुला गरिएको मतदाता नामावली संकलनमा झन्डै साढे ८ लाख मतदाता थपिएका हुन् । जसमा चार लाख ७३ हजार ३४५ पुरूष र महिला तीन लाख ६३ हजार ७७८ रहेका छन। यस्तै अन्यको ६१ रहेका छन् ।

निर्वाचन आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९ १४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ । यसअघि कात्तिक १६ गतेसम्म एक करोड ८१ लाख ६८ हजार २३० मतदाता थिए ।