काठमाडौं, मंसीर ६ । नेकपा एमालेले संघीय राजधानी काठमाडौंमा शनिवार शक्ति प्रदर्शन गरेको छ । एमाले बागमती प्रदेश कमिटीको आह्वानमा शनिवार एमालेले काठमाडौंमा बिशाल जुलुससहित सभा गरेर संबिधान र लोकतन्त्रको पक्षमा जनता रहेको सन्देश दिएको हो ।
एमालेले सभाअघि भृकुटीमण्डपबाट जुलसुर गरी भद्रकाली? सुन्धारा, भोटाहिटी, बागबजार चोक, रत्नपार्क हुँदै जुलुस प्रदर्शन गरी भृकृटी मण्डपमै आएको थियो । जुलुसमा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाल, पृथ्वीसुब्बा गुरुङ, बिष्णु रिमाल, सचिव लेखराज भट्ट, छविलाल बिश्वकर्मासहितका पदाधिकारी सहभागी हुनुभयो ।
जुलुसमा काठमाडौंबाटै लगातार चुनाल लडदै आउनु भएका बरिष्ठ ईश्वर पोखरेल भने देखिनुभएन । भृकुटीमण्डप छिर्ने बेला उपाध्यक्ष पाण्डे सहभागी हुनुभयो भने ज्ञवालीले सुरुदेखि नै जुलुसको नेतृत्व गर्नुभएको थियो । सभामा भने पोखरेल उपस्थित हुनुभएको थियो ।











































प्रतिक्रिया दिनुहोस्