जनता टाइम्स

६ मंसिर २०८२, शनिबार १७:१८

सत्ताको आडमा सुदन गुरुङले घरमै पुगेर पूर्वसांसद किसान श्रेष्ठलाई धम्की र ज्यानमाथि दागा धरेको खुलासा


काठमाडौं, मंसीर ६ । जेन–जी अगुवा सुधन गुरुङसहितका व्यक्तिले आफ्नो घर फेरि जलाउने धम्की दिएकोप्रति विघठित प्रतिनिधिसभाका सदस्य तथा एमाले नेता किसान श्रेष्ठले आपत्ति जनाउनु भएको छ ।

आफू पार्टी कामका सिलसिलामा काठमाडौंमा रहेको बेला शनिबार सिमरा, औराहास्थित आफ्नो घरमै पुगेर पुनःनिर्माणमा सरिक कामदारलाई गुरुङले धम्क्याएको श्रेष्ठले बताउनु भएको हो ।विज्ञप्ति जारी गर्दै श्रेष्ठले भन्नुभएको छ, ‘लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाइएका घर पुनःनिर्माण गर्ने मेरा कर्मचारी, कामदार लाई धम्क्याउने र घर फेरि जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुनसक्छ भनेर धम्की दिएको घटनाको घोरभर्त्सना गर्दछु ।’

एमाले नेता श्रेष्ठले जेन–जीका नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गर्नुभएको छ भने मंसीर ३ र ४ गते सिमरामा भएको प्रदर्शनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।