काठमाडौं, मंसिर ७ । विराटनगर विमानस्थल बाहिर नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत चढेको गाडीमा आज रातो मसी छ्याप्ने कार्य नेपाल विद्यार्थीसंघ (नेविसंघ) का कार्यकर्ताले गरेको पुष्टि भएपछि नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले उक्त घटनाप्रतिको आधिकारिक प्रतिक्रिया सार्वजनिक गर्नु भएको छ।
उहाँले सो कार्यमा नेविसंघको नाम दुरुपयोग गर्नेहरूमाथि कडा कारबाही हुने चेतावनी दिनुभएको छ । अध्यक्ष शेर्पाले फेसबुकमा लेख्दै भन्नुभएको छ, ‘नेकपा एमाले र अखिलसँग हाम्रो सयौँ विमतिहरू छन्, लोकतन्त्रमा विरोध सबैको अधिकार हो तर आज विराटनगरमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन।’
उहाँका अनुसार संगठनले सदैव संस्थागत ढङ्गले विरोध, आन्दोलन र राजनीतिक अभिव्यक्ति गर्ने परम्परा कायम राखेको छ। ‘संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिन्छ,’ अध्यक्ष शेर्पाले लेख्नु भएको छ ।
यसअघि आज बिहान विराटनगर विमानस्थल बाहिर महेश बस्नेत चढेको गाडीमा नेविसंघका कार्यकर्ता रहेका केही युवाले रातो मसी छ्यापेको घटनालाई बस्नेतले ‘लोकतान्त्रिक मर्यादा विपरीत’ भन्दै निन्दा गरेका थियो। बस्नेतले घटना सार्वजनिक गर्दै लोकतन्त्रमा विरोधको सीमा र शान्तिपूर्ण अभिव्यक्तिको आवश्यकता जोड दिनुभएको छ ।
नेविसंघले भने उक्त घटनालाई ‘व्यक्तिगत र अराजक व्यवहार’ भन्दै संगठनको आधिकारिक भूमिकासँग नजोड्न आग्रह गरेको छ।
विराटनगर विमानस्थल क्षेत्रमा भएको घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
विराटनगरमा बस्नेत चढेकाे गाडीमा आक्रमण गर्ने नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पसका इकाई सभापति सन्जोग गौतम र सदस्य अर्पित कुँवर भएको खुलेको छ ।














प्रतिक्रिया दिनुहोस्