काठमाडौं, मंसिर ७ । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ। उहाँका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चले रिट जारी गरेको हो।

प्रसाईंलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै रिट निवेदनमा दाबी गरिएकाे थियाे। न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले साे निवेदनमा सुनुवाइ गरेर थुनामुक्त गर्ने अन्तरिम आदेश सुनाएको हाे ।
प्रसाईंले विभिन्न मागहरू राखेर मंसिर ७ देखि देशव्यापी आन्दोलनको घोषणा गरेको दिन राति लगभग १२ बजे प्रहरीले उहाँलाई नै निवासस्थलबाट पक्राउ गरेको थियो।












प्रतिक्रिया दिनुहोस्