जनता टाइम्स

७ मंसिर २०८२, आईतवार १९:४९

भदाै २३-२४ काे घटना आतंककारी घटना नै हाे : महेश बस्नेत


विराटनगर, मंसिर ७ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले एमाले नै समृद्ध नेपालको सपना पूरा गर्न सक्षम राजनीतिक शक्ति भएको दाबी गर्नुभएको छ।

आइतबार सुनसरीको इटहरीमा आयोजित युवा संघ नेपालको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्दै उहाँले विमानस्थल क्षेत्रदेखि मार्गभर देखिएको आक्रमण प्रयास तथा विरोधप्रति गम्भीर आपत्ति जनाउनुभयो। तर यस्ता आक्रमणबाट एमाले डराएर नभाग्ने उहाँले बताउनुभयाे ।

बस्नेतले केही व्यक्तिहरू ‘जेनजी’ को नाममा राज्यको कानून हातमा लिन खोजेको आरोप लगाउँदै यस्तो कार्य कुनै हालतमा स्वीकार्य नहुने उहाँले बताउनुभयाे । ‘कानून हातमा लिने र समान्तर राज्यको अभ्यास गर्ने कुरा स्वीकार्य हुँदैन, विराटनगरमा कांग्रेस शेखर–गगन समूहको एक युवकले मेरो गाडीमा आक्रमण गर्न खोजिएको छ,’ उहाँले भन्नुभयो।

उहाँले हालै गठन भएको ‘नेसनल युथ भोलेन्टियर फोर्स’ लाई टोल–टोलमा विस्तार गर्दै जनताको काममा सक्रिय भएर लाग्न निर्देशन समेत दिनुभयो। बस्नेतका अनुसार युवाले स्वतःस्फूर्त रूपमा समाजसेवा, जनचेतना प्रसार र संगठन सुदृढीकरणमा योगदान दिनुपर्ने आवश्यकता अब झनै बढेको छ।

उहाँले भदाै २३ र २४ मा भएकाे घटना आतंककारी घटना भएकाे बताउनुभयाे । साे घटनाकाे निष्पक्ष छानविन गरी दाेषी माथि कारबाही गर्नु पर्ने उहाँकाे धारणा छ ।