जनता टाइम्स

९ मंसिर २०८२, मंगलवार १३:३७

एमालेले गर्याे प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनको लागि दल दर्ता 


काठमाडौं, मंसिर ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

एमालेका निर्वाचन विभाग प्रमुख नीरज आचार्य र केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी आज बिहान आयोग पुगेर दल दर्ता प्रक्रिया पूरा गर्नुभएको हो।

आयोगमा दर्ता भएको विवरणअनुसार राष्ट्रिय सभा निर्वाचनका लागि एमालेलाई दर्ता नम्बर ९३९ र प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता नम्बर ९७१ प्रदान गरिएको छ। निर्वाचन विभाग प्रमुख आचार्यका अनुसार एमाले निर्वाचन आयोगमा दर्ता हुने क्रममा ६६औँ राजनीतिक दलका रूपमा सूचीकृत भएको छ।