जनता टाइम्स

१० मंसिर २०८२, बुधबार १०:२१

वाग्मती प्रदेश सरकारकारका  स्वास्थ्य मन्त्री किरण थापा र सचिव डा. सुमित्रा गौतमको लगाव, स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार 


काठमाडौं, मंसिर १० । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वाग्मती प्रदेशमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउनुभएको छ ।

आफ्नो एक सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै स्वास्थ्य उहाँले कृषि, उद्योग, पर्यटनसहितका क्षेत्रमा उपलब्धि हासिल भएको दाबी गर्नुभयो ।

मुख्यमन्त्रीका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार गरिएको छ । भक्तपुर अस्पतालमा डायलाइसिस सेवा नयाँ रूपमा सुरु गरिएको छ भने प्रादेशिक अस्पतालहरूमा भेन्टिलेटर सेवा विस्तारको तयारी तीव्र गतिमा अघि बढाइएको छ ।

क्यान्सर पीडितलाई ५० हजार रुपैँयासम्म उपचार सहयोग, हृदय रोग उपचारका लागि गङ्गालाल राष्ट्रिय हृदय केन्द्र तथा १३ अस्पतालसँग सम्झौता, ग्रामीण भेगमा पोर्टेबल अल्ट्रासाउन्ड सुविधा तथा आयुर्वेद औषधि उत्पादनमा १० नयाँ उत्पादन क्षमता विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।

जेन–जी आन्दोलनका घाइतेको निःशुल्क उपचार र मनहरी–९ की मिठुमाया सुनारलाई मुख्यमन्त्रीको व्यक्तिगत लगानीमा निर्माण गरिएको घर हस्तान्तरण स्वास्थ्य–सामाजिक क्षेत्रमा गरिएको अर्को महत्त्वपूर्ण कार्य भएको उहाँले बताउनुभयो ।

कृषि तथा पशुपालन क्षेत्रमा अविरल वर्षाबाट भएको क्षति न्यूनीकरणका लागि राहत कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्रीले बताउनुभयो । लम्पी स्किन रोगविरुद्ध ९६ हजार ३ सय ४७ डोज खोप वितरण, २२ पशु अस्पताल भवन निर्माण, भेटेरिनरी सेवा विस्तार, कृषि थोक बजार निर्देशिका निर्माण तथा मकवानपुर–सिन्धुलीलाई खोरेँत रोग–मुक्त क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

उद्योग, व्यापार तथा श्रम क्षेत्रमा २ हजार ६ सय ६७ नयाँ उद्योग–व्यापार दर्ता, ७ सय १२ व्यवसाय अनुगमन, ‘एक वडा–एक उद्यम’ कार्यक्रम कार्यान्वयन, ३५ लाख कागजात डिजिटाइजेसन अभियान तथा यातायात कागजातमा जरिवाना छुट र पुनर्निर्माण व्यवस्था लागू गरिएको उहाँले जानकारी दिनुभयो ।

युवा, खेलकुद तथा पर्यटन क्षेत्रमा ५० योजनाको लागत अनुमान तयार, आठ पर्यटन पूर्वाधार स्थानीय तहलाई हस्तान्तरण, ५ सय ३७ नयाँ गाइड, होटेल तथा एजेन्सी दर्ता, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बजेट हस्तान्तरण, ५ सय विद्यार्थीलाई साइबरक्राइम तथा लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्रीले जानकारी दिनुभयो ।

प्रदेश सरकारका सबैभन्दा उपलब्धिका काम स्वास्थ्य क्षेत्रमा भएको यी तथ्यले देखाएको छ । अहिले प्रदेशमा किरण थापा मगर स्वास्थ्य मन्त्री हुनुहुन्छ  । मन्त्रालयमा डा. सुमित्रा गाैतम सचिव हुनुहुन्छ ।