जनता टाइम्स

१० मंसिर २०८२, बुधबार १४:४३

एमाले ११ औँ महाधिवेशनको नारा : ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको सङ्कल्प’ 


काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनका लागि मूल नारा तय  गरेकाे छ ।

च्यासलमा बसेको पार्टी सचिवालय बैठकले महाधिवेशन तयारी योजनासहितका विभिन्न निर्णय सार्वजनिक गरेको छ ।  बैठकले यसपटकको महाधिवेशन ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको सङ्कल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ सम्पन्न गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे ।

एमालेको ११ औँ महाधिवेशन यही मंसिर २७ देखि २९ गते हुँदै छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा र बन्दसत्र काठमाडौंकाे भृकुटीमण्डपमा हुने भएको छ ।