दोलखा, मंसिर ११ । नेकपा एमाले जिल्ला कमिटी दोलखाकाे सचिवालय बैठक सम्पन्न भएको छ। बैठकले मंसिर २७-२९ गते काठमाडौमा हुने पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न गर्न दोलखा जिल्लाबाट जाने प्रतिनिधिहरूलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको छ। सहमति नजुटेका विषयहरू भने विधिसम्मत प्रक्रिया अपनाएर टुङ्ग्याइने बैठकले स्पष्ट पारेको छ।
सचिवालय बैठकले महाधिवेशन उद्घाटन सत्रमा दोलखा जिल्लाबाट व्यापक जनउपस्थिति सुनिश्चित गर्ने, साथै महाधिवेशन कार्यक्रमहरूको विस्तृत प्रचार–प्रसार गर्ने निर्णय पनि गरेको छ।
बैठक सफल बनाउन सहयोग पुर्याउने सबैप्रति कृतज्ञता व्यक्त गर्दै पार्टी नेतृत्वले दोलखाबाट एकताबद्ध र सशक्त सहभागितासहित महाधिवेशनलाई सफल बनाउने प्रतिवद्धता दोहोर्याएका छन्। बैठक पार्टी पाेलिटब्युराे सदस्य एवं दाेलखा जिल्ला इञ्चार्ज पार्वत गुरुङकाे प्रमुख आतिथ्यतामा भएकाे हाे ।













प्रतिक्रिया दिनुहोस्