जनता टाइम्स

११ मंसिर २०८२, बिहीबार २०:०३

एमाले नेताहरूसँग प्रधानमन्त्रीको छलफल, तोकिएको समयमा निर्वाचन हुनेमा एमालेको अविश्वास 


काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरूबिच प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल भएको छ ।

छलफलमा सरकारका पक्षबाट प्रधानमन्त्री कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा एमालेका तर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय सदस्य महेश बर्तौला सहभागी हुनुहुन्थ्यो । उहाँहरूबिच आसन्न प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा निर्वाचन निष्पक्ष र भयरहित हुन्छ भन्ने कुरामा एमाले विश्वस्त नरहेको एमालेले जानकारी गराएका एमाले नेता बर्तौलाले जानकारी दिनुभयो । प्रहरी प्रमुख रिटायर हुने बित्तिकै स्थानहद लगाएको विषयमा पनि आफूहरूले प्रश्न उठाएको बर्तौलाले जानकारी दिनुभयो । सो क्रममा प्रधानमन्त्रीले आफूहरू चुनावलाई भयरहित बनाउन लागिरहेको बताउँदै दलहरूको तर्फबाट सहयोगको अपेक्षा राखेको बताउनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा केपी ओलीलाई स्थानहद ताेकेर चुनावमा जान नसकिने स्पष्ट धारणा राखेकाे उहाँले जानाकरी दिनुभयाे ।

एमाले जस्तो जनताको बिचमा जाने राजनीतिक दललाई सहज रूपमा जाने वातावरण बनाइ दिन प्रधानमन्त्रीसँग पार्टीको तर्फबाट आग्रह गरिएको उहाँले बताउनुभयो । प्रतिनिधि सभा विघटनको विषयमा अदालतमा विचाराधीन मुद्दा छिटो टुङ्गियोस् भन्ने चाहना एमालेको रहेको बर्तौलाले प्रष्ट पार्नुभयो ।

एमाले जनताको बिचमा जाने पार्टी भएकोले एमाले जतामा जाने कुराबाट एमाले कहिल्यै पनि नभाग्ने उहाँले प्रष्ट पार्नुभयो । त्यसैले एमालेले निर्वाचन आयोगमा दल अद्यावधिक गरेको बर्तौलाले बताउनुभयो ।

आफूहरूले संविधानबाट बाहिर सरकार बन्ने कुरा गलत भएको पनि प्रधानमन्त्रीलाई स्पष्ट शब्दमा बताएका उहाँले जानकारी दिनुभयो । एमाले एक्लै र जति घेराबन्दीमा परे पनि लोकतन्त्र र संविधानको पक्षमा उभिने बर्तौलाले प्रष्ट पार्नुभयो ।