काठमाडौं, मंसिर १२। नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीले पार्टीको ११औँ महाधिवेशनका लागि तोकिएका चारै जना प्रतिनिधि निर्विरोध चयन गरेको छ।
सम्पर्क कमिटीलाई ४ जना महाधिवेशन प्रतिनिधि तोकिएको थियो। निर्विरोध रूपमा चयन हुनुभएका प्रतिनिधिहरूमा भक्तबहादुर रावत, जयबहादुर शाही, राजेन्द्र बाबु चन्द र सीताकुमारी नेपाल हुनुहुन्छ । सम्पर्क कमिटीका अनुसार सबै प्रतिनिधिहरू आपसी सहमति र सर्वसम्मतिद्वारा चयन हुनुभएको हो।
कर्णाली प्रदेश सम्पर्क कमिटीले निर्वाचित प्रतिनिधिहरूले पार्टीको ११औँ महाधिवेशनमा प्रदेशको विचार, नीति तथा संगठनात्मक अवस्थालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ। यो प्रतिनिधि चयनले पार्टी भित्र एकताको सन्देश दिएको छ । सम्पर्क कमिटीमा सर्वसम्मत प्रतिनिधि चयन गर्ने कर्णाली पहिलो हो ।













प्रतिक्रिया दिनुहोस्