काठमाडौ, मंसिर १२। नेकपा एमालेकाे जनसंगठन अनेरास्ववियुको आज बसेको पदाधिकारी बैठक सर्वसम्मतिमा एमालेकाे ११ औँ राष्ट्रिय महाधिवेशनमा भग लिने प्रतिनिधि छनाेट गरेकाे छ ।
बैठकले ११औँ महाधिवेशनका लागि दिपक धामी, विकास श्रेष्ठ, अञ्जना सिवाकोटी, कमल जोशी, आकाश घर्ती, रचना सापकोटा र अञ्जली लम्साललाई प्रतिनिधिका चयन गरेको हाे।
यस्तै, पार्टीको ११औँ महाधिवेशनमा विद्यार्थी परिचालनको जिम्मेवारीका लागि अनेरास्ववियुका सचिव गोपाल नेपाललाई प्रमुख र जितप्रसाद सिटौलालाई उपप्रमुखका रूपमा जिम्मेवारी प्रदान गरिएको छ।
बैठकले भर्खरै संगठनबाट बिदा भएका निवर्तमान अध्यक्ष डा. सुजन कडरियालाई पार्टीमा मनोनीत गर्ने प्रस्ताव सर्वसम्मत रूपमा सिफारिस गरेको अनेरास्ववियुले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्