जनता टाइम्स

१२ मंसिर २०८२, शुक्रबार १९:३५

दोलखा एमालेले छान्यो सर्वसम्मत महाधिवेशन प्रतिनिधि, फेरि एकपटक दियाे एकताको सन्देश


दोलखा, मंसिर १२ । नेकपा एमाले दोलखाले  पार्टीकाे ११ औँ महाधिवेशनका लागि सर्वसम्मतिको आधारमा प्रतिनिधि चयन गरेको छ। जिल्लाबाट खुल्ला, महिला, युवा तथा उत्पीडितकाे कोटाबाट गरी ८ जना प्रतिनिधि सर्वसम्मत रुपमा मनोनयन भएका छन्।

खुल्ला कोटाबाट जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, ईश्वर चन्द्र पोखरेल, डबल पाण्डे र भरतबहादुर केसी चयन हुनुभएकाे छ । महिला कोटाबाट उर्मिला थामी, शारदा राणा र शान्ति कुमारी तमाङ निर्वाचित हुनुभएकाे छ । त्यस्तै युवा कोटाबाट लक्ष्मण गुभाजु तथा दलित कोटाबाट विशाल बिक प्रतिनिधि बन्नुभएकाे छ ।

पार्टी जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धरका अनुसार दोलखा एमालेले फेरि एकपटक ‘सर्वसम्मति र एकताको सन्देश’ दिन सफल भएको छ। उहाँले भन्नुभयो, ‘दोलखामा आन्तरिक एकताका साथ सर्वसम्मत निर्णय सम्भव भएको छ, यसले नेतृत्व चयनमा पार्टीको परिपक्वता देखाउँछ।’