काठमाडौं, मंसिर १२। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि भाेजपुरमा प्रतिनिधि छनोटको कार्य सर्वसम्मत रूपमा सम्पन्न भएको छ।
सर्वसम्मत प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि तोकिँदा नेता तथा कार्यकर्तामाझ उत्साह थपिएको बताइएको छ। सर्वसम्मत निर्णयअनुसार पुरुष खुला तर्फ प्रेम कुमार राई, सुरेन्द्र उदास, शरण कुमार राई र मक्कर खड्का प्रतिनिधि बन्नुभएको छ। खुला महिलातर्फ निर्मला शेर्पा र रमा देवी राई चयन हुनु भएको छ। त्यस्तै ४० वर्षमुनिको खुला युवा तर्फ ज्ञानेन्द्र राई प्रतिनिधिका रूपमा तोकिनुभएको छ।
दलित खुला समूहबाट चित्रलाल बिक सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ।
सर्वसम्मत रूपमा चयन भएका सम्पूर्ण प्रतिनिधिलाई संगठनले शुभकामना र बधाई व्यक्त गरेको छ।













प्रतिक्रिया दिनुहोस्