जनता टाइम्स

१२ मंसिर २०७६, बिहीबार १५:१०

राष्ट्रिय प्रतिभा पुरस्कारबाट साबित्रा सम्मानित


काठमाडौं, मंसिर १२

राष्ट्रिय प्रतिभा पुरस्कारबाट नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारी सम्मानित हुनुभएको छ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले अखिल नेपाल फुटबल संघमार्फत साबित्रालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्नुभएको छ ।

सरकारले अन्तर्राष्ट्रिय फुटबलमा गरेको उत्कृष्ट प्रदर्शनलाई मध्यनजर गर्दै उहाँलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । साबित्रा अहिले १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि पोखरामा हुनुहुन्छ ।