जाजरकोट, मंसिर १२ । नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि जाजरकोट जिल्लामा प्रतिनिधि छनोट सर्वसम्मत रूपमा सम्पन्न भएको छ। सबै क्लस्टर तथा कोटाबाट सहमतिपूर्वक प्रतिनिधि तोकिँदा जिल्लामा एकताको सन्देश गएको स्थानीय कार्यकर्ताहरू बताउँछन्।
सर्वसम्मत निर्णय अनुसार खुला समूहबाट नारायण घर्ती, करवीर शाही, नरेन्द्र शाही, लालबहादुर महतरा तथा प्रेम सिंह प्रतिनिधि बन्नुभएको छ। महिला समूहबाट सुनिता बोहरा, तारा शाक्य र कुमारी थापा चयन हुनु भएको छ।
दलित समूहमा गोपाल नेपाली, नवीन्द्र नेपाली र कौशिला कामी सर्वसम्मत रूपमा प्रतिनिधि तोकिनुभयो। युवातर्फ विश्व विक्रम शाहलाई महाधिवेशन प्रतिनिधि रूपमा मनोनयन गरिएको छ।
सर्वसम्मत रूपमा चयन भएका सबै प्रतिनिधिहरूलाई पार्टी नेतृत्वले बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।













प्रतिक्रिया दिनुहोस्