काठमाडौं, मंसिर १२ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि चयन प्रक्रिया सर्वसम्मत रूपमा सम्पन्न भएको छ । पार्टीभित्र सहमतिको संस्कृति मजबुत रूपमा स्थापित भइरहेको टिप्पणीसहित नेतृत्वले सबै प्रतिनिधिहरूलाई बधाई ज्ञापन गरेको छ।
सहमति अनुसार खुला तर्फ अनन्त सावाँ, छत्रपति प्याकुरेल, धनेन्द्र मादेन, दिपेन्द्र पोमु, ज्ञानेन्द्र लावती र कैलाश राई चयन हुनु भएको छ। महिला तर्फ प्रमिला खनाल (घिमिरे), मिना केदेम, रनमायाङ गुरुङ र टीका सुवेदी प्रतिनिधि तय हुनु भएको छ।
उत्पीडित तर्फ बुद्धिमान परियार र युवातर्फ गोपाल न्यौपाने चयन गरिएको जिल्ला कमिटीले जनाएको छ।सर्वसम्मत रूपमा चयन भएका सम्पूर्ण प्रतिनिधिहरूलाई जिल्लाका नेताहरूले हार्दिक बधाई दिँदै महाधिवेशनमा सक्रिय, रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।













प्रतिक्रिया दिनुहोस्