जनता टाइम्स

१३ मंसिर २०८२, शनिबार १०:१०

एमालेको महाधिवेशन प्रचार समिति बैठक : आक्रामक रणनीति बन्दै


काठमाडौं, मंसिर १३ । नेकपा एमालेको ११औँ महाधिवेशन प्रचार समितिको बैठक आज सचिव पद्मा अर्यालको अध्यक्षतामा सुरु भएको छ। सचिव अर्याले आजदेखि औपचारिक रूपमा समितिको कमान्ड सम्हाल्नुभएको हो।

उक्त समितिको सचिवका रूपमा प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम रहनु भएको छ।

बैठकमा महाधिवेशनका लागि सञ्चालन गरिने प्रचार–प्रसार अभियानबारे विस्तृत र ठोस योजना तयार गरी सोहीअनुसार अगाडि बढ्ने कार्यसूचीमा छलफल हुने जनाइएको छ।